गुराँस लघुवित्तको शेयर कारोवार सुरु, कति पायो रेञ्ज

४ बर्ष अगाडि

काठमाडौं – गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर कारोबार आज मंगलबारदेखि खुला भएको छ ।

नेप्सेले गुराँसको कारोबारका लागि ९२ दशमलव ७२ रुपैयाँदेखि २७८ दशमलव १६ रुपैयाँको सीमा तोकिएको छ । गुराँसको पहिलो कारोबार सोही रेन्जभित्र रहेर हुनेछ ।

कम्पनीले शेयर कारोबारका लागि ‘जीएलबीएसएल’ संकेत पाएको छ । कम्पनीले सोमबार चुक्ता पुँजीको आधारमा कायम हुने ७ लाख ७५ हजार कित्ता शेयर सूचीकृत गराएको हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया