तलब बढेसँगै आयकरको सीमा पनि बढ्यो

४ बर्ष अगाडि

    काठमाडौं–सरकारले सरकारी कर्मचारीको तलबमा वृद्धि गरेसँगै आयकरको सीमामा पनि परिवर्तन गरेको छ । सरकारले अधिकृतभन्दा तलको कर्मचारीमा २० प्रतिशत र अधिकृतभन्दा माथिको तलबमा १८ प्रतिशतले वृद्धि गरेको छ । 

    यसअघि एकल व्यक्तिका हकमा वार्षिक रु तीन लाख ५० हजारको आम्दानीसम्म सामाजिक सुरक्षा करबाहेक अन्य कर नलिने गरेकामा अब यसको सीमा बढेर रु चार  लाख पुगेको छ ।  विवाहित जागिरेका हकमा वार्षिक रु चार लाख ५० हजारसम्मको आयमा सामाजिक सुरक्षा कर मात्रै तिरे पुग्ने भएको छ । अघिल्लो आर्थिक वर्षसम्म विवाहित व्यक्तिले वार्षिक रु चार लाखभन्दा बढी आम्दानी गरे १०, २० र ३० प्रतिशत गरी अधिकतम ३६ प्रतिशतसम्म कर तिर्नुपर्ने थियो । तलब बढेसँगै आयकरको सीमा पनि बढ्यो

    काठमाडौं–सरकारले सरकारी कर्मचारीको तलबमा वृद्धि गरेसँगै आयकरको सीमामा पनि परिवर्तन गरेको छ । सरकारले अधिकृतभन्दा तलको कर्मचारीमा २० प्रतिशत र अधिकृतभन्दा माथिको तलबमा १८ प्रतिशतले वृद्धि गरेको छ । 

    यसअघि एकल व्यक्तिका हकमा वार्षिक रु तीन लाख ५० हजारको आम्दानीसम्म सामाजिक सुरक्षा करबाहेक अन्य कर नलिने गरेकामा अब यसको सीमा बढेर रु चार  लाख पुगेको छ ।  विवाहित जागिरेका हकमा वार्षिक रु चार लाख ५० हजारसम्मको आयमा सामाजिक सुरक्षा कर मात्रै तिरे पुग्ने भएको छ । अघिल्लो आर्थिक वर्षसम्म विवाहित व्यक्तिले वार्षिक रु चार लाखभन्दा बढी आम्दानी गरे १०, २० र ३० प्रतिशत गरी अधिकतम ३६ प्रतिशतसम्म कर तिर्नुपर्ने थियो । 

४ बर्ष अगाडि

प्रतिक्रिया