इन्फिनिटी लघुवित्तको शेयरमा दश गुणा बढी आवेदन

४ बर्ष अगाडि

काठमाडौं – इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले निष्कासन गरेको प्राथमिक शेयरमा १० गुणा बढि आवेदन परेको छ ।

गत सोमबारदेखि निष्कासन भएको प्रथमिक शेयरमा बिहीबारसम्म तीन लाख २१ हजार २६ आवेदकले ६८ लाख ६८ हजार ५६० कित्ता शेयरको लागि आवेदन दिएका छन । जुन मागभन्दा १०.१९ गुणा बढि हो ।

संस्थाले ६ लाख ७४ हजार कित्ता साधारण शेयर निष्कासन गरेको थियो। यसमा ३३ हजार ७ सय कित्ता सामूहिक लगानी कोष र १० हजार ३७० कित्ता कर्मचारीहरूको लागि छुट्ट्याएर बाँकी रहेको ६ लाख २९ हजार ९३० कित्ता शेयर सर्वसाधारणको लगि निष्कासन गरिएको थियो ।

नियम अनुसार संस्थाको शेयरमा सर्वसाधारणले न्यूनतम १० कित्ता र अधिकतम ३३ हजार ७० कित्तासम्मको लागि आवेदन दिन सक्ने व्यवस्था रहेको थियो ।

४ बर्ष अगाडि

प्रतिक्रिया