एनएमबी बैंकले जोगमाई आयोजनामा ८७ करोड लगानी गर्ने

४ बर्ष अगाडि

काठमाडौं – इलाममा निर्माण हुने ६.२ मेगावाटको तल्लो जोगमाई जलविद्युत आयोजनामा दुई बैंकले संयुक्त रुपमा रु ८७ करोड लगानी गर्ने भएका छन् ।

एनएमबी बैंकको अगुवाईमा नेपाल एसबिआई बैंकले सो आयोजनामा लगानी गर्ने भएको छ ।

एसियन हाइड्रो पावर प्रालिले निर्माण गर्ने आयोजनाको लगानी व्यवस्थापनमा बैंक र कम्पनीबीच सम्झौता भएको हो ।

सम्झौतामा कम्पनीका अध्यक्ष विजयबहादुर राजभण्डारी, एनएमबी बैँकका तर्फबाट नविन मानन्धर र एसबीआई बैंकका तर्फबाट बद्रीलाल अमात्यले हस्ताक्षर गरेका छन् ।

 कूल रु १ अर्ब १६ करोड लागत अनुमान गरिएको आयोजनामा ७५ प्रतिशत ऋण र २५ प्रतिशत स्वपुँजी रहेको छ ।

आयोजनाबाट वार्षिक ३ करोड ६० लाख युनिट विद्युत उत्पादन हुने छ । उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणको गोदक सबस्टेसनमा जोडिने छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया