४ दिने प्रथम कृषि मेला बनेपामा सुरु

५ बर्ष अगाडि

बनेपा–बनेपास्थित नयाँ तरकारी बजारमा आजबाट ४ दिने कृषि मेला आरम्भ भएको छ । तरकारीजन्य, दुधजन्य, मासुजन्य, प्राङ्गारिक, जैविक विषादी, जैविक मल, कृषि सम्वन्धी नयाँ प्रविधिको प्रदर्शन रहेको मेलालाई उद्घाटन गर्दै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेर बहादुर तमाङले तरकारीजन्य वस्तुहरुको आयातमा राज्यले अर्बौ रुपैया विदेश पठाउनु परेको अवस्थामा यस्ता कृषि मेला तथा बजारहरुले किसानहरुलाई उचित मूल्य दिई व्यावसायिक कृषिमा जोड दिनुपर्ने बताउनुभयो । 
काभ्रे कृषि बजार मल्टिपर्पोज प्रा.लि बनेपा, (नयाँ तरकारी बजार) सम्वृद्ध काभ्रे कृषि सहकारी संस्था लि., प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको संयूक्त आयोजनामा ४ दिने कृषि व्यवसाय प्रवद्र्धन तथा व्यापार मेला २०७५ सुरु भएको हो । 
बुद्ध जयन्ती तथा मजदुर दिवस समेतको अवसर पारेर मेला गर्न लागिएको कार्यक्रमका सभापति एवं काभ्रे कृषि बजार मल्टिपर्पोज प्रा.लि. का अध्यक्ष पूर्णचन्द्र सिग्देलले जानकारी दिनुभयो । काभ्रे जिल्लामा उत्पादित कृषिजन्य वस्तुहरुलाई सहजै उपभोक्तामाझ पु¥याउने उद्देश्यका साथ संचालनमा आएको काभ्रे कृषि बजार मल्टिपर्पोज प्रा.लि तथा सम्वृद्ध कृषि सहकारी संस्था लि.ले मेलामा कृषि उपज, कृषि सामग्री, पशुजन्य वस्तुहरुको प्रदर्शनीसँगै किसानहरुबीच प्रतिस्पर्धा, उत्कृष्ट कृषकहरुलाई पुरस्कार, नर्सरी, मह लगायतको व्यवस्था समेत गरेको छ ।
५० भन्दा बढी स्टलहरु रहको मेलामा किसानहरुका लागि निःशुल्क स्टलहरुको व्यवस्था गरिएको छ । मेलाको उद्घाटनको अवसरमा संघिय संसदका सांसद गंगाबहादुर दोङ ‘बमध्वज’, प्रदेश नं. ३ का सांसदहरु रत्न ढकाल, चन्द्र लामा, बनेपा नगरपालिकाका प्रमुख लक्ष्मी नरसिं बादे, मण्डन देउपुर नगरपालिकाका प्रमुख टोक बहादुर वाइबा लगायतको उपस्थिती रहेको थियो । 
मेलालाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुपरजोन कार्यान्वयन ईकाई (आलु), लभ ग्रिन नेपाल, सिप्रेड, ग्रामिण उत्थान बहुमुखी सेवा समिति, ग्रामिण आदर्श सेवा केन्द्र लगायतका संस्थाहरुले पनि सहयोग गरेको आयोजकले बताएका छन् । 
                    
                  
 

५ बर्ष अगाडि

प्रतिक्रिया