नेपाल इन्भेस्टमेन्ट बैंकको 'सामूहिक लगानी कोष' बिक्री सुरु

४ बर्ष अगाडि

काठमाडौं – नेपाल इन्भेस्टमेन्ट बैंकले सामूहिक लगानी कोष (म्युचअल फण्ड) बिक्री सुरु गरेको छ ।

कूल रु  ५० करोड बराबरको ५ करोड इकाइ एनआईबीएल सहभागिता फण्ड बित्री सुरु गरेको हो ।

फण्ड निष्कासन बन्द छिटोमा यही जेठ २२ र ढिलोमा असार १६ गतेसम्म तोकिएको योजना व्यवस्थापक एनआईबीएलले जनाएको छ । नेपाल इन्भेस्टमेन्ट कोषको प्रवद्र्धक रहेको छ ।

कुल निष्कासन मध्ये १० लाख इकाई बिउँ पुँजी वापत एनआईबीएल र ६५ लाख इकाई नेपाल इन्भेस्टमेन्टलाई सुरक्षित गरिएको छ । बाँकी ४ करोड २५ लाख इकाई संस्थागत र सर्वसाधारणलाई निष्कासन गरिएको एनआईबीएलले जनाएको छ ।

न्युनतम १०० र अधिकतम २ लाख ४० हजार इकाईसम्म आवेदन दिन पाइने निष्कासन तथा बिक्री प्रवन्धक समेत रहेको एनआईबीएलले जनाएको छ । म्युचअल फण्डका लागि सी आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था तथा मेरो सेयर खातामार्फत आवेदन दिन पाइने छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया