वामदेव प्युठान पुग्दा...

४ बर्ष अगाडि

प्युठान - कुनै समय वामदेव गौतम गृहजिल्ला प्युठान आउँदा बेग्लै चहलपहल बढ्थ्यो। गृहमन्त्री भएकै कारण उनको आगमनले उच्च महत्त्वको हुन्थ्यो। चुनाव हारजित जे हुँदा पनि उनी राजनीतिमा चर्चामा आइरहे। २०७० को संविधानसभा निर्वाचनमा गौतमले प्युठान र बर्दियाबाट चुनाव जिते। उनले बर्दिया छाडेर प्युठान रोजे। चुनावताका गौतमले जिल्लाबासीसँग भनेका थिए, ‘अब म मेरै जन्मभूमिमा आएँ। मेरो दाहासंस्कार यहींकै श्रीखण्डले गर्नू। अब अरू जिल्लाबाट चुनाव लड्ने छैन।’ जिल्लाबासी खुसी भए।

उनको जन्मघर प्युठान नगरपालिका–२ दाखाक्वाडी हो। गौतम झन्डै २० वर्षअघि बसाइँ सरेर बर्दिया गएका हुन्। अहिले परिवारसँगै उनी काठमाडौंमा बस्छन्। तर ०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा गौतमले प्युठानीमाझ गरेको बाचा बिर्सिए। उनी बर्दियाबाट उम्मेदवार बने। जिल्लाबासीले प्युठानबाटै चुनाव लड्न गरेको आग्रह बेवास्ता गरे। त्यसबेला उनको नाममात्र पार्टीले उम्मेदवारका लागि सिफारिस गरेको थियो।

चुनाव हारेपछि पार्टीको औपचारिक कार्यक्रममा पहिलोपटक यसै साता उनी प्युठान आए। नेकपा जिल्ला कमिटीका पदाधिकारी शपथ गराउन र प्रशिक्षण दिन गौतम गृहजिल्ला आएका हुन्।

बर्दियामा उनले सोचेजस्तो नतिजा आएन। उनी कांग्रेसका सञ्जय गौतमसँग सात सय ५१ मतान्तरले पराजित भए। कहिले प्युठान र कहिले बर्दिया गर्ने उनको शैलीलाई धेरैले मन पराएनन्। गौतमले जिल्लाबासीलाई गरेको धोका विपक्षीका लागि चुनावी नारा बन्यो।

अरू बेलाको भन्दा चुनाव हारेपछि गौतम प्युठान आउँदाको उत्साह कार्यकर्तामा देखिएन। गृहमन्त्री हुँदा उनले दिने अभिव्यक्ति निकै फूर्तिलो र हँसिलो देखिन्थ्यो। चुनावका बेला उनले गरेका धेरै बाचा अधुरै छन्। उनका ३४ बुँदे प्रतिबद्धता नारामै सीमित भए। उनले चुनाव जितेको एक वर्षभित्रै चाल्नेटार विमानस्थल उद्घाटन गर्ने आश्वासन गरेका थिए। तर, अहिलेसम्म त्यसको निर्माण सुरु भएको छैन। आर्थिक वर्ष ०७६÷७७ को बजेटमा स्वर्गद्वारी विमानस्थल सुरु गर्ने भनिएको छ। ६ वर्षपछि बजेटमा समावेश भएकाले विमानस्थल बन्नेमा जिल्लाबासी आशावादी देखिन्छन्।cGgk"0f{ kf]:6df lj:t[tdf va/ 5flkPsf] 5.  

४ बर्ष अगाडि

प्रतिक्रिया