नाफा नगर्ने हाइडोपावरका मालिक बनेर किन बस्छन् साहुजीहरु ? हेर्नुहोस् पञ्चकन्या माईको हालत

४ बर्ष अगाडि

काठमाडौं - पञ्जकन्या माई हाईड्रोपावर लिमिटेडको तेस्रो त्रैमासमा रु ३ करोड ९६ लाख नोेक्सानमा रहेको छ ।

अघिल्लो वर्षको सोहि अवधिमा खुद मुनाफा रु १ करोड ८८ लाख मुनाफा थियो । रु  १ अर्ब १० करोड चुक्ता पूँजी भएको पञ्जकन्या माई कम्पनीले जगेडाकोषमा रु १२ करोड ४६ लाख नेगेटिभमा राखिएको छ ।

कम्पनीको जम्मा सम्पत्ति ३ दशमलव १६ प्रतिशतले घटेर रु ३ अर्ब २४ करोड ४८ लाख रहेको छ । कम्पनीको संचालक आम्दानी २ दशमलव १९ प्रतिशतले घटेर रु २६ करोड ७३ लाख पुगेको छ ।  भने संचालक खर्च ६५ दशमलव ४१ प्रतिशतले घटेर रु ६५ लाख पुगेको छ । कुल संचालक मुनाफा रु २६ करोड ८ लाख आर्जन गरेको छ ।

जसको प्रतिशेयर आम्दानी ३ दशमलव ६० रुपैयाँ नेगेटिभमा र प्रतिशेयर नेटवर्थ ८८ दशमलव ६७ रुपैयाँ रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया