इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको आइपिओ बाँडफाँड, तपाईलाई पर्यो त ?

४ बर्ष अगाडि

काठमाडौं – इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणलाई बिक्री गरेको प्राथामिक शेयर (आईपिओ) बाँडफाँड भएको छ ।

कूल आवेदकको १९.११ प्रतिशत आवेदकले मात्र गोलाप्रथाबाट १० कित्ताका दरले शेयर पाएका छन् ।

लघुवित्तको बिक्री प्रबन्धक सिभिल क्यापिटलका कार्यालय सुन्धारामा बुधबार बिहान १० बजे गरिएको बाँडफाँडमा अत्याधिक आवेदनका कारण ८०.८९ प्रतिशत आवेदकले भने आईपिओ प्राप्त गर्न नसकेको जानकारी दिइयो ।

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार ६२ हजार ९९३ जनालाई गोलाप्रथाबाट १० कित्ताका दरले सर्वसाधारणमा निष्काशन गरिएको ६ लाख २९ हजार ९३० कित्ता शेयर बाँडफाँड गरिएको छ ।

कूल ६ लाख ७४ हजार कित्ता आईपिओ निष्काशन भएकोमध्ये ३३ हजार ७०० कित्ता शेयर सामूहिक लगानी कोषहरु र १० हजार ३७० कित्ता शेयर लघुवित्तका कर्मचारीलाई बाँडफाँड गरिएको छ ।

इन्फिनिटी लघुवित्तको आईपिओमा कूल ३ लाख २९ हजार ७०६ वटा आवेदनबाट कूल रु ६९ करोड ४७ लाख १५ हजार बराबरको ६९ लाख ४७ हजार १५० कित्ताको आवेदन परेको थियो ।

कूल आवेदनमध्ये ६२७ वटा आवेदनबाट परेको १७ हजार २४० कित्ता शेयरको माग रद्ध भएको छ भने ३ लाख २९ हजार ७९ वटा आवेदनबाट परेको ६९ लाख २९ हजार ९१० कित्ताको आवेदन सदर भएको थियो।

४ बर्ष अगाडि

प्रतिक्रिया