नाफा कमाउन शेयरमा लगानी गर्नेहरु चुर्लुम्म डुबे, हेनोस विवरण

४ बर्ष अगाडि

काठमाडौं – नाफा कमाउनका लागि शेयर बजारमा लगानी गर्नेहरु नराम्ररी डुबेका छन् । पछिल्ला दिनमा शेयर बजार पुनः ओरालो लाग्न थालेको छ । 

केही अदृश्य पैसा बजारमा प्रवेश गरेपछि उकासिएको शेयर बजार पछिल्लो दिनमा पुन: नराम्ररी घटन थालेको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक हुने दिन भन्दा केही दिन पहिलेसम्म सामान्य रुपमा बढेको बजार अब भने फेरी वियरिस टे«न्डमा घटन थालेको छ ।

कमाउनै भनेर स–सानो पुँजी जम्मा गरेर साधारण सेयर (आइपिओ) मा लगानी गर्नेहरु धेरै छन् । तर पछिल्लो दिनमो सानो लगानी भविष्यमा ठूलो होस् भन्ने आम लगानीकर्ताको चाहना भएपनि त्यो धुलीसात भएको छ ।

नेपाल स्टक एक्सचेञ्जमा कारोबार भइरहेका १३ वटा कम्पनीको सेयरमा लगानी गर्ने लगानीकर्ताको हालत त्यस्तै छ । प्रतिकित्ता १०० रुपैयाँमा किनेको सेयर बढेर माथि जाओस् भन्ने चाहना समेत धुलीसात भएको छ ।

अन्तिम कारोबार भएको दिन अर्थात् मंगलबार सेयर बजारमा १७२ कम्पनीको कारोबार भएको थियो । कारोबार भएको १७२ कम्पनी मध्ये १३ वटा कम्पनीको आइपिओ किन्ने लगानीकर्ताहरुले आफ्नो लगानीमै ठूलो घाटा खाएका छन् ।

सबै भन्दा बढी खानीखोला हाईड्रोपावरमा लगानी गरेका लगानीकर्ताले गुमाएका छन् । प्रतिकित्ता १०० रुपैयाँमा साधारण सेयर किनेका लगानीकर्ताहरुले यतिबेला प्रतिकित्ता ३३ रुपैयाँसम्म नोक्सानी व्यहोरेका छन्

त्यसैगरी, दिब्यश्वरी हाईड्रोपावरका लगानीकर्ताहरुले प्रतिकित्ता ३२ रुपैयाँ, नेशनल हाईड्रोपावर लगानीकर्ताले प्रतिकित्ता ३१ रुपैयाँ नोक्सानी व्यवहोरेका छन् । यी मात्र हैन अन्य कम्पनीका लगानीकर्ताहरुले पनि गुमाएका छन् ।

पछिल्लो समयमा साधारण सेयर कारोबारमा लगानीकर्ताहरुले पनि निकै चासो देखाउन थालेका छन् । केही कम्पनीको कारोबार अवस्था हेर्दा सस्तो मूल्यमा अर्थात् १०० रुपैयाँमा सेयर किन्न कुन कम्पनीको साधारण सेयर आउला र किनौंला भन्नुपर्ने कुनै बाध्यता भने छैन ।

किनकि अहिले नै १३ वटा कम्पनको सेयर आइपिओमा भन्दा पनि न्यून मुल्यमा पाइन्छ । १०० रुपैयाँभन्दा कम सेयर मूल्य हुने कम्पनीहरुमा वल्र्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स कम्पनी भन्दा बाहेक सबै न्यून सेयर मूल्य हुने कम्पनीमा सबै जलविद्युत कम्पनी रहेका छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया