अपीले बनाउँदै ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया

४ बर्ष अगाडि

काठमाडौं – कूल  ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजनाबाट विद्युत उत्पादनको अनुमतिपत्र दिने प्रक्रिया अघि बढेको छ ।

प्रवद्र्धक अपी पावर कम्पनी लिमिटेडले लाइसेन्स दिन माग गरेपछि विद्युत विकास विभागले प्रक्रिया अघि बढाएको जनाएको छ । अपीले गरेको प्रस्तावअनुसार ३५ दिनका लागि सार्वजनिक सूचना जारी भएको छ ।  कूल ३५ दिनपछि अपीले विद्युत उत्पादनको लाइसेन्स पाउने छ ।

अपीले चमेलियाबाट २०७९ फागुन १३ गते विद्युत उत्पादन गर्ने योजना विभागमा पेश गरेको छ । नदी वहावमा आधारित प्रकृतिको आयोजनाबाट २६ करोड ६४ लाख १६ हजार युनिट बिजुली उत्पादन हुने छ । अपीले चमेलियाबाट उत्पादन हुने बिजुली नेपाल विद्युत प्राधिकरणसंग खरिदबिक्री सम्झौता भइसकेको छ ।

चमेलिया आयोजना दार्चुलाको अपी हिमाल गाउँपालिकामा पर्छ । आयोजनाको मुल संरचना चमेलिया खोलाको बायाँ किनारमा पर्छ । बाँध अपी गाउँपालिका र विद्युतगृह मार्मा गाउँपालिकामा रहेको छ ।

आयोजनाबाट उत्पादन हुने बिजुली १६ किलोमिटर लामो प्रसारणलाइनबाट जिल्लाको बलाँच सवस्टेशनको राष्ट्रिय प्रणालीमा जोडिने छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया