पुरुषलाई गर्भनिरोधक

४ बर्ष अगाडि

काठमाडौँ – पुरुषका लागि गर्भनिरोधक चक्की बनाउने पहिलो प्रयास सफल भएको छ । यो चक्की मानवीय परीक्षणमा सफल भएको विशेषज्ञहरुले बताएका छन् ।

पुरुषका लागि अहिले कण्डम वा भ्यासेक्टोमी मात्रै गर्भनिरोधक साधनका रुपमा उपलब्ध छन् । दिनको एकपटक खानु पर्ने चक्कीमा शुक्राणु उत्पादन बन्द गर्ने हर्मोन राखिएको छ ।

इन्डोक्राइन सोसाइटीको वार्षिक बैठकमा डाक्टरहरुले यो चक्की बजारमा आउन अझै एक दशक लाग्ने बताएका छन् । तर पुरुषका लागि चक्की बनाउँदा त्यसका कारण यौन चाहना र लिंगको उत्तेजनामा कमी आउने समस्या मुक्त बनाउनु पर्ने भएकाले समय लागेको हो ।

एलए बायो मेड तथा युनिभर्सिटी अफ वासिङ्गटनका अनुसन्धानकर्ताका अनुसार नयाँ चक्की खान छोडेपछि शुक्राणुको उत्पादन पूर्ववत् अवस्थामा फर्किने देखिएको बताएका छन् ।

स्वस्थ्य पुरुषमा हरेक समय नयाँ शुक्राणुहरु उत्पादन भइरहेका हुन्छन् । यसको उत्पादनलाई रोक्नका लागि हर्मोनकै प्रयोग गर्नु पर्ने हुन्छ । तयार पारिएको चक्कीले शुक्राणुको उत्पादन त्यसको डोजले कायम रहुन्जेल मात्रै रोकिने गरेको विज्ञले बताएका छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया