ब्राजिललाई ठुलो झड्का, नेयमारले कोपा अमेरिका गुमाउने !

४ बर्ष अगाडि

एजेन्सी – स्टार फरवार्ड नेयमारले घरेलु भुमि ब्राजिलमा आयोजना हुने कोपा अमेरिका गुमाउने पक्का भएको छ ।

नेयमारको चोटसँगै घरेलु टोली ब्राजिललाई ठुलो झड्का लागेको छ । घरेलु भुमिमा ब्राजिललाई कोपा अमेरिका कपको उपाधि रक्षा गर्न ठुलो समस्या हुनेछ । कतारविरुद्ध २–० को जित निकालेको मैत्रीपुर्ण खेल दौरान नेयमारले चोट बोक्दै मैदानबाट बाहिरिएको थिए । उनको दाया खुट्टाको एंकलमा चोट लागेको थियो ।

चोटका कारण उनी निकै असहज र गहभरि आशु पार्दै मैदानबाट बाहिरिएका थिए । उनको खुट्टामा चोट लागेको छ । खेल्न असहज भएपछि उनी खेलको २१औं मिनेटमा मैदानबाट बाहिरिएका थिए । उनलाई एभर्टनले विस्थापित गरेका थिए ।

नेयमार यसअघि पनि कोपा अमेरिका कपको तयारीका क्रममा प्रशिक्षण दौरान घाइते हुन पुगेका थिए । चोटबाट फर्किएलगत्तै मैत्रीपुर्ण खेल खेलेको नेयमार पुनः घाइते हुन पुगेका हुन् । ब्राजिलले कोपा अमेरिका कपअघि होन्डुरससँग मैत्रीपुर्ण खेल खेल्दैछ ।

कोपा अमेरिका कपमा ब्राजिल रहेको समूह ‘ए’ मा बोलिभिया, पेरु र भेनेजुएला रहेका छन् । ब्राजिलले १४ जुनमा बोलिभियासँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । ब्राजिल सन् २००७ यता कोपा अमेरिकामा च्याम्पियन बन्न सकेको छैन ।

४ बर्ष अगाडि

प्रतिक्रिया