नेपाल र चाइनिज ताइपेइ भिड्दै

४ बर्ष अगाडि

काठमाडौँ – नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलअन्तर्गत बिहीबार चाइनिज ताइपेइको सामना गर्दैछ । ताइवानस्थित काओसिउङ रंगशालामा हुने खेल नेपाली समयअनुसार साँझ ४:४५ बजे सुरु हुनेछ ।

ताइपेइ फिफा वरीयतामा १ सय २५ औं स्थानमा तथा नेपाल ३६ स्थान तल १ सय ६१ औं स्थानमा रहेको छ । डेढ महिनाअगाडी ताइपेइ घरेलु मैदानमा भएको मैत्रीपूर्ण खेलमा सोलोमन आइल्यान्ड्ससँग १-० ले पराजित भएको थियो । यता नेपाल आइतबार मलेसियासँग २-० ले पराजित भएको थियो । नेपालले त्यसअघि कुवेतविरुद्ध एक बराबर र एक हार बेहोरेको थियो ।

खेलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रशिक्षक कालिनले ताइपेइविरुद्ध खेल कठिन हुने बताए । ‘ हामी बलियो टोलीको सामना गर्दै आफ्नो परिक्षण गर्न तयार छौं । हाम्रो युवा टोली छ र बिस्तारै एकतृत हुँदैछौं । खेल कठिन हुनेछ तर हाम्रो लागि यो निकै महत्त्वपूर्ण अनुभव पनि हुन्छ । आशा छ राम्रो प्रदर्शन हुनेछ,’ उनले भने ।

प्रशिक्षक कालिनले खेलाडीहरु नियमित रुपमा घाइते हुने समस्या र अझैपनि टोलीका खेलाडीबारे बुझ्न बाँकी रहेकाले पहिलो रोजाईको खेलाडी छान्न कठिन भएको बताए । ‘ मलेसियाविरुद्ध फरवार्डको प्रदर्शन राम्रो रहन सकेन । खेलाडी घाइते हुने समस्या पनि छ । नयाँ टोली भएकाले स्थिर हुन केहि समय लाग्छ । म उपलब्ध खेलाडीलाई लिएर खुसी छु,’ उनले भने ।

कालिनले विश्वकप छनोटका लागि तयारी गरिरहेको हुनाले बलियो टोलीसँग खेल्ने बानि पार्नु भविष्यमा राम्रो हुने बताए । नेपालले फिफा विश्वकप २०२२ छनोटको दोस्रो चरणमा सिधै स्थान बनाएको हो । हाम्रो खेलकुद । 

४ बर्ष अगाडि

प्रतिक्रिया