नेयमारले ब्राजिलियन युवतीको बलात्कार गरेकै हुन् ?

४ बर्ष अगाडि

काठमाडौँ – चर्चित ब्राजिलियन फुटबलर नेयमारमाथि एक ब्राजिलियन युवतीले बलात्कारको आरोप लगाएकी थिइन् । नाजिला त्रिन्दाद नामकी ती युवती बिहीबार ब्राजिलको एक टेलिभिजनमा अन्तवार्ता देखिइन् । अन्तर्वार्तामा उनले नेयमारले आफूमाथि कुटपिट र बलात्कार गरेको बताइन् । 

नाजिलाले गत शुक्रबार नेइमारविरुद्ध बलात्कार मुद्धा दर्ता गराएकी थिइन् । नेयमारले भने नाजिलाको आरोप अस्वीकार गरेका छन् । निजालीसँग सहमतिमै यौनसम्पर्क भएको उनको तर्क छ । आफ्नो तर्क पुष्टि गर्न उनले ह्वाट्सएपका म्यासेज समेत सार्वजनिक गरेका थिए । 

नाजिलाले टेलिभिजन अन्तर्वार्ताका क्रममा नेयमारको स्पष्टिकरणको खण्डन गरेकी छन् । ‘म पनि नेयमारसँगको सम्बन्धका लागि इच्छुक थिएँ,’ उनले भनिन्, ‘जब हामी होटलको कोठामा गयौं, मैले उनलाई कण्डम लगाउन आग्रह गरेँ । तर, उनले अस्वीकार गरे र ममाथि बलात्कार गरे ।’नेयमारले बलात्कारसँगै कुटपिट पनि गरेको बताएकी छिन् । 

गत मे १५ मा होटल पेरिसमा उनीहरुको भेट भएको थियो ।

नेयमारले गरे खण्डन :

आइतबार नेयमारले इन्स्टाग्राममा एक भिडियो अपलोड गर्दे उक्त युवतीले आफुलाई फसाएको बताएका छन् । उनले भिडियोमा भनेका छन् जुन आरोप म माथि लागेको छ । यसबारे मैले बोल्नु पर्दछ । मलाई उनले फसाएकी हुन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया