अस्ट्रेलियाविरुद्धको खेलमा मैदानमा ओर्लने संभावित ११ भारतीय खेलाडी

४ बर्ष अगाडि

एजेन्सी – विश्वकप क्रिकेट २०१९ अन्तर्गतको चौधौ खेल भारत र अस्ट्रेलियाबीच आइतबार हुँदैछ । उपाधी दाबेर मानिएका दुवै टिमबीचको खेल रोचक हुने अनुमान गरिएको छ । 

एकले अर्कोलाई हराउन यी दुई टिमले कस्तो रणनीति बनाउने छन् ? कुन–कुन खेलाडीलाई मैदानमा ओराल्लान् त ? भन्नेमा विभिन्न अनुमान गरिएका छन् ।

खेल अधिकारीहरु र विभिन्न स्रोतलाई उद्धृत गर्दै एनडीटीभीले भारत र अस्ट्रेलियाले मैदानमा ओराल्न सक्ने संभावित खेलाडीको सूचीसहितको समाचार प्रकाशन गरेको छ । भारतीय टोलीमा कप्तान विराट कोहली, विकेटकिपर–ब्याट्सम्यान महेन्द्रसिंह धोनीका अलावा रोहित शर्मा, शिखर धवन, लोकेश राहुल, भुवनेश्वर कुमार, हार्दिक पाण्ड्या, युजवेन्द्र चहल, जसप्रित बुमराह, केदार जाधव र कुलदीप यादव रहने छन् ।

त्यसैगरी अस्ट्रेलियाले कप्तान एरोन फिन्च, स्टिभ स्मिथ, उसमान ख्वाजा, डेभिड वार्नर, ग्लेन म्याक्सवेल, मिचेल स्टार्क, केन रिचर्डसन, प्याट कुमिन्स, अदाम जाम्पा, मार्कस स्टोइनिस र विकेटकिपर एलेक्स क्यारीलाई मैदानमा ओराल्ने सम्भावना छ ।    

४ बर्ष अगाडि

प्रतिक्रिया