जाडोले जमेपछि हतौडाले अण्डा फुटाउँदै भारतीय सेना (भिडियोसहित)

४ बर्ष अगाडि

भारत - भारतका अधिकांश स्थानमा यतिखेर गर्मीले मानिसहरु अजित छन् । तर सियाचेनमा भने जाडो यति बढेको छ कि, तापक्रम माइनस ६० डिग्री पुगेको छ ।

यस्तोमा सियाचेनमा सीमा सुरक्षामा खटिएका भारतीय सैनिकले सेयर गरेको भिडियो सामाजिक सन्जालमा भाइरल बनेको छ । भिडियोमा तीन जना सैनिकहरु अण्डा, जुसको बोत्तल, आलु हतौडाले फोडिरहेको देखिन्छन् ।

रोचक त के छ भने चार–पाँच पटक हतौडाले हान्दा पनि अण्डा फुट्दैन । सामाजिक सन्जालका भारतीय प्रयोगकर्ताले देशको सीमा रक्षाका लागि सैनिकहरु त्यस्तो चीसो ठाउँमा खटिएको भन्दै प्रशंसा गरेका छन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया