सडक दुर्घटनामा १८ जनाको मृत्यु

४ बर्ष अगाडि

नाइजेरियाको दक्षिणपश्चिम ओन्डो राज्यमा शनिबार भएको सवारी दुर्घटनामा कम्तीमा १८ जनाको मृत्यु भएको छ ।

राज्यका प्रहरी प्रवक्ता फेमी जोसेफले राजधानी अबुजातर्फ आइरहेको बस दुर्घटनाग्रस्त भएको जानकारी दिए । विपरीत दिशाबाट आइरहेको सामान बोक्ने लरीसँग यात्रुबाहक बस जुधेको थियो ।

दुर्घटनापछि बसमा आगलागी समेत भएको थियो । आगोकै कारण बसमा सवार सबैको मृत्यु भएको अनुमान प्रहरीले गरेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया