अफगानिस्तानको फराहमा भिडन्त: छ जना तालिबान लडाकूहरु मारिए

४ बर्ष अगाडि

फराह  – अफगानिस्तानको पश्चिम फराह प्रान्तमा सेनाले गरेको कारबाहीमा छ जना सशस्त्र तालिबान लडाकूहरु मारिएको प्रान्तीय प्रहरी प्रवक्ताले बताएका छन् ।

प्रवक्ता मोहिबुल्लाह मोहिबका अनुसार शनिबार राति अनार डारा जिल्लाको जियारात अबगर्म गाउँमा गरिएको सेनाको कारबाहीमा ती लडाकू मारिएका हुन् । सैनिक कारबाहीमा अरु पाँच जना लडाकू घाइते भएका छन् ।

सुरक्षाकर्मीतर्फको क्षतिका बारेमा सोधिएको एक प्रश्नमा प्रवक्ता मोहिबले सैनिक कारबाही जारी रहने स्पष्ट गर्नुभयो ।

हिंसाबाट प्रताडित फराह प्रान्तमा तुलनात्मक रुपमा तालिबानी लडाकूको प्रभाव धेरै छ । उक्त घटनाका बारेमा तालिबानीका तर्फबाट कुनै प्रतिक्रिया प्राप्त भएको छैन ।

४ बर्ष अगाडि

प्रतिक्रिया