संसारकै खुङ्खार ‘सिरियल किलर’, जसले गरे ९० भन्दा बढी महिलाको हत्या

४ बर्ष अगाडि

एजेन्सी – अमेरिकी इतिहासमा सबैभन्दा खुङ्खार ‘सिरियल किलर’ ७९ वर्षीय सैम्युल लिटिलले अन्य पाँच महिलाको हत्या गरेको स्वीकारेका छन् । यसअघि उनले हत्या गरेको महिलाको संख्या ६० बढी रहेको प्रहरीले अनुमान गर्दै आएको थियो । उनले पछिल्लो चार दशकमा ती महिलाहरुको हत्या गरेका हुन् ।

उनै ‘सिरियल किलर’ सैम्युल दावी गर्दै भनेका छन्, ‘मैले ९० भन्दा बढी महिलाको हत्या गरेको छु ।’ उनले प्रहरीलाई बयान दिने क्रममा आफूले महिलाको घाँटी दबाएर हत्या गरेको स्वीकारे । उनले भने, ‘मैले महिलाको हत्या गर्दा आनन्द अनुभूति गथ्र्येँ ।’ उनले नशाको लतमा फसेका वा वेश्य काममा लाग्दै आएका महिलाको हत्या गरेका बताएका छन् । महिलाको हत्या गरेपछि चित्र बनाएर राख्ने गरेको उनले बताए । 

सैम्युल अहिले क्यालिफोर्नियाको एक जेलमा छन् । उनीविरुद्ध अमेरिकी संघीय जाँच एजेन्सी (एफबिआई)ले समय लगातार हत्या गरेको सजाय सुनाउँदै आएको छ । प्रहरीले सैम्युललाई सन् २०१२ मा एक सेल्टरबाट पक्राउ गरेको थियो । 

यसअघि गैरी रिजवेलाई खुङ्खार ‘सिरियल किलर’का रुपमा लिँदै आएको थियो । उनले सन् २००३ सम्म ४८ जना महिलाको हत्या गरेको आरोपमा सजाय पाएका थिए । तर, उसले ७१ जनाको हत्या गरेको दावी गरेका थिए । अहिले उनीभन्दा खुङ्खार ‘सिरियल किलर’का रुपमा सैम्युललाई लिँदै आएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया