प्रभु बैंकको ऋणपत्रले पायो यस्तो रेटिङ

४ बर्ष अगाडि

काठमाडौं – प्रभु बैंकले निकट भविस्यमा नै १० लाख कित्ता ऋणपत्र बिक्री गर्ने भएको छ । ऋणपत्र बिक्री अगाडि बढाउनु अघि उक्त ऋणपत्रको रेटिङ गराएको छ ।

इक्रा नेपालले गरेको रेटिङमा प्रभु बैंकको ऋणपत्रले एलबिबिबि रेटिङ पाएको छ । त्यो भनेको  मध्यम रुपमा सुरक्षित रहेको जनाउ दिने संकेत हो ।  ऋणपत्र जारी गर्नको लागि यही जेठ ६ गते नेपाल धितोपत्र बोर्डमा  निवेदन दिएको थियो ।

कूल १० लाख कित्ता मध्ये ४ लाख कित्ता सर्वसाधारणको लागि र ६ लाख कित्ता संघ संस्थालाई छुट्याएको छ । बैंकले १० प्रतिशत ब्याजदरमा २०८६ सम्मको लागि ऋणपत्र बिक्री गर्न लागेको हो । ऋणपत्रको विक्री प्रबन्धकमा  सनराइज क्यापिटल रहेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया