करेन्ट लागेर घले गम्भिर घाइते, सहयोग गरिदिन अपिल

४ बर्ष अगाडि

काठमाडौँ – नुवाकोट जिल्लाको किस्पाङ गाउपालीकाका लवङ घलेको कामको सिलसिलामा करेन्ट लागेर शरीरका विभिन्न भागमा पोलेर गम्भिर अवस्थामा पुगेका छन् । 

करेन्ट लागेर घलेको दाया हात र दायाँ कानले काम नगर्ने स्थितिमा ससक्त घाइते भएका छन् । 

उनलाई अहिले टिचिङ अस्पताल महाराजगन्जमा राखिएको छ । उनको आर्थिक अवस्था एकदमै नाजुक भएका कारण उनले सहयोगको अपिल गरेका छन् । 

सहयोगको लागि उनको श्रीमतीको फोन नम्बर ९६११०७७८३३ मा सम्पर्क गर्न अनुरोध गरिएको छ । साथै बैंक मार्फत सहयोग गर्नुपरेमा खाता नम्बर ०५५९००२०६२४०५२४ मा हालेर सहयोग गर्न सक्नुहुनेछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया