संसदमा पनि खेताला

जेठ २७, २०७६ | आजको अर्थ
ajaako_artha

काठमाडौं – राजनीतिक आडमा गुण्डागर्दी मात्रै गर्दै आएका महेश बस्नेतलाई केपी ओलीले नराम्ररी पुल्पुल्याए । 

ओलीलाई बा भन्दै पुग्ने बस्नेतको विशेष क्षमताका कारण उद्योग मन्त्री बन्ने सौभाग्य पनि पाए उनले । ओलीको रेखदेखमा बस्नेतले पनि राम्रैसँग सघाएका  थिए । भक्तपुरको क्षेत्र नं २ बाट प्रतिनिधिसभाको निर्वाचन पनि जिते । स्थानीयस्तरमा गुण्डागर्दीको स्वभाव भएपछि बस्नेतलाई धेरैले राम्रो नेता भन्दैनन् । केहीका लागि भने उनी अच्छाका नेता छन् । 

पछिल्लो समय उनले प्रतिनिधिसभाको बैठकमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ विरुद्ध बोल्ने दूस्साहस गरे । 
त्यसका पछाडि अमलाल मोदीको हात रहेको छ । मोदीले विराटनगरको एक सवस्टशेन बनाउन दिएका छैनन् । प्राधिकरण तथा स्थानीय उद्योगीसँग पैसा भन्दा अरु माग्दै नमागेको भन्दै आलोचनामा परेका मोदीले सार्वजनिक लेखा समितिको बैठकमा घिसिङ विरुद्ध विषवमन गरेको भन्दै सााजिक सञ्जालमा केहीले त श्रद्धान्जली नै दिए । ज्यूदो मान्छेलाई श्रद्धान्जली दिएको भन्दै  उनै बस्नेतले मंगलबार प्रतिनिधिसभाको बैठकमा बोले । 

त्यसो त मोदीले बोल्दा उनको विरुद्धमा जनमत देखिने भएकाले मोदीले नै बस्नेतलाई संसदमा बोल्न लगाएको बताइन्छ । सो कुराको पुष्टि समेत बस्नेतले गरेका छन् । अन्तरवार्ता गर्न प¥यो माननीय ज्यू भनेर फोन गर्दा उनले प्राधिकरणको विषयमा मोदी माननीयसँग कुरा गर्न भने । मोदी माननीयले भनेको मानेको हुँ । कुलमानसँग मेरो लिन दिनु केही छैन, बस्नेतले भने, सो विषयमा कुरा गर्ने हो भने मोदी माननीयसँग नै कुरा गर्नु है । 

प्रतिनिधिसभाको निर्वाचनको क्रममा विराटनगरमा उद्योगी तथा व्यवसायीले आफूलाई चन्दा नदिएको भन्दै मोदीले उनीहरुलाई सुविधा हुने गरी सवस्टेशन बनाउन दिन नहुने पक्षमा लागेका छन् । सवस्टेशन नभएका कारण विराटनगरको औद्योगिक क्षेत्रमा लोडसेडिङ गर्नुपर्ने वाध्यता आइलागेको प्राधिकरणको भनाइ छ । 

मोदीले प्राधिकरणसँग पनि पँच लाख घुस मागेको र उक्त रकम स्थानीयबासीलाई मिलाउन खर्च हुने बताएका थिए । अर्थ मन्त्रालयको प्रांगडमा समेत मोदीले कुलमानसँग भनाभन गरेका थिए । उनै मोदीले सार्वजनिक लेखा समितिलाई तिम्लाई देखाइदिन्छु भन्दै धम्की दिएको बताइन्छ । उनै मोदीले संसदमा खेताला लगाएर बस्नेतलाई बोल्न लगाएको बताइन्छ ।

मैले बोल्दा जनमत मेरो विरुद्धमा जाने भयो, लौन माननीय ज्यू केही सहयोग गर्नुप¥यो भन्दै मोदी माननीयले भने पछि मैले प्राधिकरणको नेतृत्वको विषयमा बोलेको हो, बस्नेतले प्रतिक्रिया लिएका पत्रकारहरुलाई बताउने गरेका छन् । त्यसो त भक्तपुरको विद्युत् चोरीमा बस्नेतका केही आफन्त जोडिएको र प्राधिकरणले कडाई गरेकोमा बस्नेतलाई चित्त बुझेको छैन । जे होस खेताला लगाएर बोल्न लगाउने र संसदलाई पनि सोही अनुसारको परिचालन गर्न मोदी सफल भएको भन्दै बस्नेतले नै धाप लगाएको संसदमा देखी जान्न सुन्नेले बताएका छन् । बस्नेतले त बा (केपी ओली)लाई भनेर भएपनि कुलमानलाई ठिक लगाउने सम्मको बचन मोदीलाई दिएका छन् । उता कुलमानले भने आफूले केही गलत नगरेको र भ्रष्टाचारको पुष्टि भए जस्तो सुकै कारवाही भोग्न समेत तयार रहेको यसअघि नै सार्वजनिक गरिसकेका छन् ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८