दिशामा रगत गयो  हेलचेक्राई नगरौँ

४ बर्ष अगाडि

‘दिशामा रगत गयो  हेलचेक्राई नगरौँ 

एजेन्सी–सामान्यतया दिशामा रगत गयो भने रगतमासी  भयो  भन्ने चलन छ । कसैले ‘पाइल्स’ भएर रगत गयो कि भन्ने गरेका छन् । कसैले मलद्धारमा घाउभयो कि भन्ने पनि गरेका छन् । तर त्यसलाई त्यति गम्भीरताका साथ लिएको पाइदैन जति लिनुपर्ने हो ।

दिशाबाट त्यसरी जाने आलो रगत रगतमासी, पायल्स वा मलद्धारमा घाउ भएर मात्रै नआएको पनि हुनसक्छ । त्यो रगत तपाईको आन्द्रामा घाउभएर आएको हुनसक्छ । आन्द्राको घाउ कोलोन क्यान्सर ९ठूलो आन्द्राको क्यान्सर ० पनि हुनसक्छ ।

पछिल्लो समयमा नेपालमा पनि कोलोन क्यान्सरका विरामीहरु निकै बढी देखिएका छन् । दिशामा देखिने रगतलाई सामान्यरुपमा लिदा अन्तिममा निको नहुने अवस्थामा उपचारका लागि अस्पताल आएको केश धेरै देखिएको छ । आन्द्राको घाउ समयमै निको बनाउन सकिएन भने त्यसले गम्भीर समस्या निम्त्याउछ ।

कोलोन क्यान्सर क्यान्सर पिडीत विरामीहरुको सुरुको लक्षण दिशाबाट आलो रगत जाने गर्छ । कसैको मलद्धारको बाहिरी भागमा पाइल्स जस्तो घाउ समेत देखापर्छ । त्यसैले अधिकांशले बाहिरको घाउ वा पाइल्स हो भन्दै त्यसको मात्रै उपचार गरेका हुन्छन, तर त्यो रगत बाहिरको घाउलाई दोश दिन मिल्ने गरि भित्रैबाट बगेको पनि हुनसक्छ ।

भित्रको घाउ बढदै जाने यता बाहिर भने पायल्स भन्दै बस्ने गर्दा क्यान्सर नियन्त्रण भन्दा बाहिर पुगिसकेको हुनसक्छ । त्यसैले दिशामा रगत देखापरयो भने कोलोनोस्कोपी गरी हाल्नु पर्छ । आन्द्रामा घाउ हो कि होइन भन्ने बारे एकिन गर्नका कोलोनोस्कोपी जरुरी भएको हो ।

कहिलेकाही पाइल्ससंगै आन्द्रामा पनि घाउ भएको हुन्छ । त्यसैले दिशामा रगत देखिदा साधारण पाइल्स हो भनेर ढुक्क पर्नु हुदैन । पाइल्सको उपचार गर्नुस तर आन्द्रामा पनि त्यतिवेलै समस्या पनि परेको पो छ कि भनेर विशेषज्ञसंग सल्लाह लिनुस । समयमै रोगको पहिचान भयो भने त्यसले क्यान्सरको सम्भावित दुर्घटनाहुनबाट जोगाउछ।

४ बर्ष अगाडि

प्रतिक्रिया