प्रधानमन्त्री ओलीविरुद्ध वामदेवको 'एक्सन' !

४ बर्ष अगाडि

काठमाडौँ – प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओलीले अनावश्यक रुपमा हस्तक्षेप गरेको, जनपक्षीय काम गर्न नसकेको, पार्टीलाई कम्पनीको रुपमा चलाएको भन्दै नेकपाका सचिवालय सदस्य वामदेव गौतमले फायर खोलेका छन् । 

उनले एक व्यक्ति एक पदको अवधारणामा रहेर काम गर्नुपर्ने र पार्टीलाई पनि सोही आधारमा अगाडि बढाउनुपर्ने धारणा राखेका छन् । उनको सो धारणालाई वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालले समेत साथ दिएका छन् । 

एक व्यक्ति एक पदको अवधारणा अनुसार पार्टी चलाई सबै नेता तथा कार्यकर्ताले काम पनि पाउने र सबैलाई मिलाएर लैजान पनि सकिने गौतमको भनाइ छ । गौतम विरुद्ध सधै प्रस्तुत हुँदै आएका इश्वर पोखरेलहरुलाई भने गौतमको उक्त भनाई मन परेको छैन । 

पूर्व महासचिव रहेका पोखरेल आफूलाई सधै शक्तिमा नै रहनुपर्ने स्वभावका व्यक्ति भएकाले पनि गौतमको धारणा मन नपरेको हुन सक्ने देखिन्छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया