स्वास्थ्यका लागि फाइदाजनक यी खराब बानी

४ बर्ष अगाडि

काठमाडौँ भनिन्छ नि खराब बानी त्याग्नु पर्दछ । तर यहाँ केही यस्ता खराब बानीहरू छन् जुन स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । जो व्यक्तिहरू आफ्ना खराब बानी त्याग्न नसकेर बसिरहेको छ उसका लागि यो राम्रो खुराक हुन सक्दछ । 


१. गाली गर्नु:

यदि तपाई एकदमै रिसले चुर भएर कसैलाई गाली गर्नुहुन्छ भने पक्कैपनि त्यहाँ तपाईको कुनै शिष्टाचार हुँदैन तर पनि तपाई पीडा तथा दुख कम गर्न यो एकदमै अमूल्य चिज हो । न्यूरोरीपोर्ट जर्नलमा छापिएको एक शोधका अनुसार गाली गर्नाले शरीरमा ‘फाइट अर फ्लाइट रेस्पोन्स’ बढाउने काम गर्दछ । 

२. बियर पिउनु:

 सायद बियर पिएर मानिसले आफुलाई खराब व्यक्ति भन्न सक्दछ तथा आफूलाई जड्याँहा नै मान्न सक्दछ तर यो खराब आदत पनि शरीरका लागि फाइदाजनकको सूचीमा परेको छ । यसले हृदयका रोगहरूको खतरालाई कम गर्दछ । यूरोपियन जर्नल अफ एपिमेडियोलोजीमा प्रकाशित शोधले थोरै मात्रामा बियर पिउनु हृदय रोगको खतरालाई ३१ प्रतिशतले घटाउने जानकारी दिएको  छ । 

३. नकारात्मक सोच:

नकारात्मक सोच एक सकारात्मक पक्ष्ँ पनि हो । पिएलओएस जर्नलमा छापिएको शोध अनुसार नकारात्मक भावनालाई जसले गम्भीररुपमा लिइरहको हुन्छ ऊ भावनात्मकरुपमा अधिक मजबुत र बलियो भएका हुने र आफ्नो हेरचाह राम्रोसँग गर्न सक्ने बताएको छ । 

४.कुराकानी गर्नु:

यदि तपाई अरु कोहीसँग कुराकानी गर्दै कार्य गर्नुहुन्छ भने तपाई सामाजिक व्यक्तित्व हुन सक्नुहुन्छ । यो कुरा सोसल साइकोलजिकल एन्ड पर्सनालिटी साइन्स जर्नलले एक शोधमा कुराकानी गर्ने व्यक्तिले व्यक्तित्वलाई हल्का गराउने र काममा प्रभावित गर्ने कुरा खुलासा गरेको हो । 

५.चुइगम चपाउनु:

हामी चुइगम चपाउनुलाई अशिष्ट र नराम्रो मान्ने गर्दछौं । तर एपेटाइट जर्नलमा प्रकाशित एक शोधले भने चुइगम चपाउने व्यक्तिको दिमाग तेज हुने बताएको हो । चुइगम चपाउनुलाई बौद्धिक अभ्यास पनि मान्ने गरिन्छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया