अमिताभ बच्चनको ट्विटर ह्याक, प्रोफाइलमा इमरान खानको फोटो

४ बर्ष अगाडि

अमिताभ बच्चनको ट्विटर ह्याक, प्रोफाइलमा इमरान खानको फोटो
एजेन्सी–बलिउड महानायक अमिताभ बच्चनको ट्विटर ह्याक भएको छ । पाकिस्तान समर्थित टर्कीको टर्कीस् साइबर आर्मी ‘अयिल्दज टिम’ ले यसको जिम्मेवारी लिएको छ ।

अमिताभको ट्विटरमा टर्की र पाकिस्तानबारे जोडिएका सन्देश पोस्ट गरिएको छ । ह्याकर्सले उनको प्रोफाइल फोटो पनि परिवर्तन गरिदिएका छन् ।

अमिताभको स्थानमा पाकिस्तानी प्रधानमन्त्री इमरान खानको फोटो राखिएको छ । उनी ट्विटरमा सक्रिय रहन्छन् र उनका ३ करोड ७४ लाख फलोअर छन् ।

यद्यपि उनको ट्विटर रिकभर गरेर ह्याकरका सबै ट्विट हटाइएको छ । ह्याकर्सले अमिताभको ट्विटर ह्यान्डलमा लेखेका थिए, ‘यो संसारका लागि एक सन्देश हो । हामी टर्कीका खेलाडीमाथि आइसल्यान्ड रिपब्लिकको रबैयाको निन्दा गर्दछौं । हामी प्रेमको कुरा गर्छौ तर, ठूलो छडी राख्छौं र तपाईलाई यहाँ ठूलो साइबर हमलाको कुरा गर्दैछौं । अयिल्दिज टिम टर्कीस साइबर आर्मी ।’

टर्कीको फुटबल टिम यतिबेला २०२० को युरोकप छनोट खेलका लागि आइसल्यान्ड गएको थियो । त्यहाँ पुग्दा टर्कीका खेलाडीमाथि खानतलासी भएको थियो ।

ट्विटर एकाउन्ट ह्याक भएको विषयमा बच्चनले मुम्बईस्थित प्रहरी र साइबर युनिटलाई जानकारी गराएपछि यसबारे थप अनुसन्धान जारी छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया