मेरो माइक्रो फाइनान्सको शेयर बोलकबोल, कतिमा पाए लगानीकर्ताले ?

४ बर्ष अगाडि

काठमाडौं – मेरो माइक्रो फाइनान्सको बोलकबोलमार्फत विक्री गरिएको शेयर बाँडफाँड गरिएको छ ।

कम्पनीले सर्वसाधारण समूह तर्फको २ लाख ९ हजार ६४९ कित्ता शेयरका लागि जेठ ७ देखि १४ गतेसम्म शिलबन्दी बोलपत्र आव्हान गरेको थियो ।

उक्त शेयर प्रतिकित्ता रु  ५१० मूल्य राखी आवेदन पेश गर्ने आवेदकलाई जेठ २७ गते बाँडफाँट गरिएको छ ।

 दोस्रो बजारमा यस कम्पनीको शेयर प्रतिकित्ता रु ५६८ सम्म कारोबार भइरहेको छ । दोस्रो बजारभन्दा कम मूल्यमा लिलामीमा आएका शेयर खरिद गर्न पाउने हुँदा यस तर्फपनि लगानीकर्ताहरुको आकर्षण बढ्दै गएको छ ।

बाँडफाँटमा नपरेका आवेदकहरुको रकम भुक्तानी जेठ २८ गतेदेखि सिधै बैंक खातामा रकमान्तर गरिने हुँदा बैंक खाता उल्लेख नगरेका आवेदकहरुलाई तीन दिनभित्र विक्री प्रबन्धकको कार्यालयमा उपलब्ध गराईदिन आग्रह गरिएको छ । विक्री प्रबन्धकको जिम्वेवारी ग्लोबल आइएमई क्यापिटलले गरिरहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया