झापामा ८१ बर्षीय वृद्धमाथि बोक्सीको आरोप लागेपछि रुदै पोखिन् दर्दनाक पिडा (भिडियो रिपोर्ट)

४ बर्ष अगाडि

झापा– झापाको मेचिनगर ९ की एक ८१ बर्षीय बृद्ध आमालाई बोक्सीको आरोप लागेको छ । स्थानीय बस्नेत थरकी बृद्ध आमालाई नाटकीय शैलीमा आफ्नै छिमेकीले आरोप लगाएकी छिन् ।

नजिकै रहेकी छिमेकी कुमारी चम्लागाई बिरामी भएपछि उपचारको क्रममा गाँउमै रहेकी एक माताकोमा र्पुयाईएको थियो ।केही महिना अघि सोही ठाउँमा माता बनेर उपचार गर्दै आएकी अधिकारी थरकी माताले उपचार गर्ने वहानामा ति बिरामीलाई कुटपिट मात्र होइन, जवरजस्ती  को होस  कस्लाई खाईस भन्दै प्रश्न गरेको भिडियो समेत देख्न सकिन्छ । यति मात्र होईन चक्कु देखाउँदै कपाल जगटेको भिडियोमा पनि देख्न सकिन्छ ।

८१ वर्षिय वृद्धालाई बोक्सीको आरोप लगाउने महिला ।
यसको प्रतिउतरमा ति महिलाले मातालाई एक बृद्ध आमा रुपमा आफु बोक्सी भएको वयान दिएकी छिन् ।नजिकै रहेकी छिमिकी ८१ बर्षीय आमाको रुपमा म बोक्सी हो । फलानोको छोरा खाए, बाख्रा खाए, राति १२ बजे छोरी सँग नाच्छु ,म बस्नेतनी थरकी हुँ भन्दै बकेकी छिन् यस बिषयमा कुरा बाहिर आएपछि पिडित बिरुद्ध परिवारले प्रहरीमा सम्पूर्ण भिडियो समेत दिएको छ । यो सँगै स्थानीय वडा कार्यालयमा समेत यो जानकारी गराएपछि सोमबार वडामा एक भेला बसेको थियो । छफलफमा ति चम्लागाईँ थरकी महिलाको श्रीमानले आफ्नी श्रीमतिको गल्ती भएको भन्दै माफी मागे ।

यता माताको भेषमा जवजस्ती बहकाउँने माताले माफी माग्न मानिन्न उनले मात्र के भनीन् भने मेरो काम गर्ने शैलीमा परिवर्तन गछु । भन्दै पन्छिन् ।यता पिडित बृद्ध आमाले आफुलाई लागेको भाम्रक आरोपले मर्ने बेलामा दाग लागेको बताईन् । उनले यो दाग मेटाउन सकिन्न । बिना प्रमाण मलाई यो अवस्थामा लागेको आरोप मा म न्याय खोज्न कहाँ जाउँ भन्दै आखा भरी आशुँ बनाउँदै पिडा पोखिन् । यस्ता समाजमा माताको भेषमा कोहीँ बिरामीलाई बहकाउँदै कसैलाई अनावश्यक आच पुग्ने काम गर्ने व्यक्ति प्रति अव कस्तो कारबाहीँ हुन्छ ? के यो कानुनमा कसैलाई प्रमाण बिना बोक्सीको आरोप लगाउने अधिकार छ ? भिडियो अनुसन्धान अनलाइनबाट ।

४ बर्ष अगाडि

प्रतिक्रिया