२१६ मेगावाट क्षमताको त्रिशुलीमा चिनियाँ बैंकको लगानी

४ बर्ष अगाडि

काठमाडौं – रसुवामा निर्माण हुन लागेको २१६ मेगावाटको त्रिशुली जलविद्युत आयोजनाको लागि एसियन इन्फाइस्ट्रक्चर इनभेष्टमेन्ट बैंकले रु  १० अर्ब लगानी गर्ने भएको छ ।

त्रिशुली एक कोरियाली कम्पनी नेपाल वाटर एण्ड इनर्जी डेभलोपमेन्ट कम्पनी प्रालिले निर्माण गर्न लागेको आयोजना हो ।

आयोजना निर्माण, परिचालन र हस्तान्तरण मोडेलमा निर्माण हुने छ ।  त्रिशुली एकमा आइसिएफसी र एसियन डेभलपमेन्ट बैंकको समेत ऋण लगानी रहेको छ ।  

अमेरिकी डलर ९० मिलियन अर्थात नौ अर्ब ९९ करोड नेपाली रुपैयाँ ऋण लगानी गर्ने सम्झौता भएको जनाइएको छ ।

एसियन इन्फास्ट्रक्चर इन्भेष्टमेन्ट बैंकले विद्युत वितरण प्रणाली सुदृढीकरण र तामाकोशी ५ जलविद्युत आयोजनामा समेत ऋण लगानी गर्ने छ । वितरण प्रणाली सुदृढीकरणको लागि रु ११ करोड र तामाकोशी ५ को लागि रु १० करोड लगानी गर्ने उल्लेख छ ।

बैंकले रु ७२ अर्ब लागत अनुमान गरिएका दुई जलविद्युत आयोजना र वितरण प्रणाली सुदृढीकरण आयोजनामा रु १० अर्ब ऋण लगानी गर्ने सम्झौता भएको जनाइएको छ ।  चिनियाँ बैंकले नेतृत्वमा रहेको इन्फास्ट्रक्चर बैंकको यो नेपालमा पहिलो लगानी बताइन्छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया