भारतीय निर्वाचनले छोडेको सन्देश

४ बर्ष अगाडि

काठमाडौँ – भारतमा भएको लोकसभा निर्वाचनमा भारतीय जनता पार्टीले स्पष्ट बहुमत लिएको छ । मोदी प्रचण्ड बहुमतका साथ दोस्रो पटक प्रधानमन्त्री भएका छन् । 

सत्तामै रहेर पनि यति लोकप्रिय मत प्राप्त गर्र्न पक्कै पनि सामान्य विषय होइन । मोदीकोे विजयले भित्री बाहिरी राजनीतिमा केही सन्देश छोडेको छ । निर्वाचनमा उनको टीम परिचालन,स्पष्ट ऐजेण्डा र विपक्षीहरुको कमजोर रणनीति आदि कारणहरु मोदीको जितका कारण बने  पहिलो कार्यकालमा उनले चालेका मुख्य कदमहरु जस्तो नोटबन्दीलाई आम जनताले मन पराएको देखियो ।  

मोदीको पुनरागमनले भारतको परराष्ट नीतिमा कस्तो प्रभाव पर्ला भन्ने अडकलबाजी पनि सुरु भएको छ । बिगतमा नेपालप्रति अनुदार देखिएको मोदी सरकारसंग नेपालको सम्बन्ध सामान्य भैसकेको छ । 

सरकार परिवर्तनले भारतीय संस्थापनको विदेश नीतिमा खासै फेरबदल  आएको पाईदैन । उनीहरुको राज्य संयन्त्र संस्थागत भैसकेको छ । त्यसैले भारतको छिमेक नीतिमा मोदीको आगमनले अन्तर ल्याइहाल्छ भन्न सकिंदैन । यसले भारतमा मोदीको साथै भार जनता पार्टीको लोकप्रियतालाई भने थप बलियो बनाएको छ । 

यो निर्वाचनको परिणामले क्षेत्रीय पार्टीहरुलाई निकै कमजोर सावित गरिदिएको छ । कतिपय दलहरु त अस्तित्वै संकटमा छन् । कुनै बेला भारतीय संसदमा तेस्रो हैसियत राख्ने कम्यनिष्ट पार्टी पांच सिटमा सिमित भएको छ । यसले त्यहांका वामपन्थी पार्टीहरु समय अनुसार चल्न नसकेको र जनताको बीचमा अलोकप्रिय रहेको १९९६ को निर्वाचनमा ५३ स्थानमा जित हासिल गरेको वाम गठबन्धनले सरकार गठनमा  निर्णायक प्रभाव पारेको थियो । त्यतिबेला वाम गठबन्धनका नेता ज्याती वसुलाई प्रधानमन्त्री बन्न  प्रस्ताव आएको थियो । 

तर सो प्रस्ताव उनको पाटीले अस्विकार गरेको थियो । तर बसु भने भारतको  प्रधानमन्त्री बन्ने चाहन्थे । पार्टीले उक्त प्रस्ताव स्विकारेको भए उनी एसियाको दोस्रो कम्य’निष्ट प्रधानमन्त्री बन्ने थिए ।  

भारतीय कम्यनिष्ट पाटीले केन्द्रीय सत्तामा नजाने नेमकिपािको जस्तै नीति लिएको थियो । जुन उसको लागि अभिसाप भैदियो । त्यसपछि नै उसको ओरालो यात्रा सुरु भयो । एउटा राजनीतिक दल जो सरकारमा नजाने नीति लिन्छ उसलाई जनताले किन मत दिइरहने भन्ने प्रश्न उठ्नु स्वभाविक नै हो । 

नेपालमा पनि नेमकिपाको त्यही हालत भैरहेको छ । भारतीय निर्वाचनबाट नेपालका वामपन्थीहरुले पाठ सिक्न जरुरी छ । देश, काल र जनतालाई चिनेर नीति बनाउनु पर्छ भन्ने नै मख्य कुरा हो ।       
 

४ बर्ष अगाडि

प्रतिक्रिया