ट्रम्पले भारतलाई दिए यस्तो चेतावनी, अब के गर्लान मोदी ?

४ बर्ष अगाडि

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो मुलुकमा निर्मित मोटरसाईकलमाथि भारतले चर्को कर लगाएको भन्दै विरोध गरेका छन् । 

अमेरिकी मोटरसाइकल हार्ले डेविडसनमाथि भारतले कर लगाएकोमा उनले आपत्ति जनाएका हुन् । भारतले उक्त मोटरसाईकलमाथिको कर १०० प्रतिशतबाट घटाएर ५० प्रतिशतमा झारे पनि त्यो बढी भएको उनको भनाई छ । 

'मेरो अगुवाईमा अमेरिकालाई अझै बेवकुफ बनाउन कसैले सक्दैनन् । अमेरिका बेवकुफ देश होइन,’ सीबीएस न्युजसँगको सोमबारको अन्तर्वार्तामा ट्रम्पले भनेका छन्, ‘भारत हाम्रो असल मित्र हो । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले एक फोनकै भरमा मोटरसाईकलमाथिको कर एक सय प्रतिशतबाट ५० प्रतिशतमा त झारेका छन्, तर यो पर्याप्त छैन । हामी उनीहरुको मोटरसाईकलमा कुनै कर लगाउँदैनौ भने हाम्रोमा किन कर लगाउने ? यो स्वीकार्य छैन ।

४ बर्ष अगाडि

प्रतिक्रिया