रातारात पक्की पुल नै चोरी भएपछि...

ajaako_artha

काठमाडौँ – तपाइले पक्की पुल भत्किएको, बनाउँदा बनाउँदै लडेको त सुन्नु भएकै होला । तर रुसको आर्कटिक क्षेत्रमा रहेको ७६ फिट लामो, ५६ टन तौलको पुल रातारात हराएको छ । 

तस्बिरमा देखिएजस्तै पुलको बीचको भाग एकाएक हराएको हो । पुलमा हराएको भाग न त नदिमा देखिएको छ न आसपास कतै । अहिले रशियामा यो तस्बिर भाइरल भएको छ ।

पुल आसपासका मानिसहरुले पुलको बीचको भाग चोरी भएको बताएका छन् । त्यसपछि प्रहरीले पुलको खोजी शुरु गरेको छ । रुसको मरमंस्कमा भएको यो घटनाबारे कसैलार्ई पनि थाहा नभएको पाइएको छ । पुल १६ मे मा चर्किएको थियो, त्यसपछि यो पुल भएर मानिसहरुले यात्रा गर्नै छाडेका थिए ।

हराएको पुलको तस्बिर २६ मे मा सार्वजनिक भएको हो । कतिपय मानिसले पुल भत्किएपछि नदीले बगाएको बताएका छन्, भने कसैले चोरी भएको अनुमान गरेका छन् । नदीमा पानीको बहाव ठूलो नभएका कारण पनि पुल बगाएको अनुमान निराधार हुन्छ ।

अहिले प्रहरीले घटनाको बारेमा छानबिन गरिरहेको छ । प्रहरीले कसैलाई पनि थाहा नदिई पुल बनाउनेले पुलको चर्किएको भाग हटाएको हुनसक्ने प्रारम्भिक अनुमान गरेको छ । यद्यपि घटनाको अनुसन्धान भइरहेको छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१०२.२०१०२.८०
European Euro१२७.३५१२८.१०
UK Pound Sterling१४४.३३१४५.१७
Swiss Franc१०९.७४११०.३८
Australian Dollar८१.०३८१.५०
Canadian Dollar८२.२६८२.७५
Singapore Dollar७७.४५७७.९१