प्रीतमलाई "बालसदभावना दूत" घोषणा

४ बर्ष अगाडि

काठमाडौँ – भारतको चर्चित रियालिटी सो ‘सारेगमप लिटिल च्याम्प्स’का सेकेण्ड रनर अप इटहरी ५ का प्रीतम आचार्यलाई बाल बालसदभावना दूत घोषणा गरिएको छ ।

इटहरी उपमहानगरपालिकाले मंगलबार एक कार्यक्रम गरी स्वागत तथा बधाई ज्ञापन गर्दै सद्भावना दूत घोषणा गरेको हो । उमपहानगरकी उपमेयर लक्ष्मी गौतमले प्रीतमलाई सम्मान समेत गरिन् । उनले गत आइतबार राति भएको ग्राण्ड फिनालेमा सेकेन्ड रनर अप बन्दै दुई लाख रुपैयाँ भारु जितेका थिए । ६ प्रतिस्पर्धीबाट उनी तेश्रो भएका हुन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया