मोदीले महेश बस्नेतलाई संसदमा खेताला बनाएपछि...

४ बर्ष अगाडि

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी 'नेकपा'का सांसद महेश बस्नेतलाई केपी ओलीले पछिल्लो समयमा नराम्रोसँग पुल्पुल्याए । 

ओलीलाई बा भन्दै पुग्ने बस्नेतको विशेष क्षमताका कारण उद्योग मन्त्री बन्ने सौभाग्य पनि पाए उनले । ओलीको रेखदेखमा बस्नेतले पनि राम्रैसँग सघाएका  थिए । भक्तपुरको क्षेत्र नं २ बाट प्रतिनिधिसभाको निर्वाचन पनि जिते । स्थानीयस्तरमा गुण्डागर्दीको स्वभाव भएपछि बस्नेतलाई धेरैले राम्रो नेता भन्दैनन् । केहीका लागि भने उनी अच्छाका नेता छन् । 

पछिल्लो समय उनले प्रतिनिधिसभाको बैठकमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ विरुद्ध बोल्ने दूस्साहस गरे । त्यसका पछाडि अमनलाल मोदीको हात रहेको छ । मोदीले विराटनगरको एक सवस्टशेन बनाउन दिएका छैनन् । प्राधिकरण तथा स्थानीय उद्योगीसँग पैसा भन्दा अरु माग्दै नमागेको भन्दै आलोचनामा परेका मोदीले सार्वजनिक लेखा समितिको बैठकमा घिसिङ विरुद्ध विषवमन गरेको भन्दै सााजिक सञ्जालमा केहीले त श्रद्धान्जली नै दिए । ज्यूदो मान्छेलाई श्रद्धान्जली दिएको भन्दै  उनै बस्नेतले मंगलबार प्रतिनिधिसभाको बैठकमा बोले । 

त्यसो त मोदीले बोल्दा उनको विरुद्धमा जनमत देखिने भएकाले मोदीले नै बस्नेतलाई संसदमा बोल्न लगाएको बताइन्छ । सो कुराको पुष्टि समेत बस्नेतले गरेका छन् । अन्तरवार्ता गर्न प¥यो माननीय ज्यू भनेर फोन गर्दा उनले प्राधिकरणको विषयमा मोदी माननीयसँग कुरा गर्न भने । मोदी माननीयले भनेको मानेको हुँ । कुलमानसँग मेरो लिन दिनु केही छैन, बस्नेतले भने, सो विषयमा कुरा गर्ने हो भने मोदी माननीयसँग नै कुरा गर्नु है । 

प्रतिनिधिसभाको निर्वाचनको क्रममा विराटनगरमा उद्योगी तथा व्यवसायीले आफूलाई चन्दा नदिएको भन्दै मोदीले उनीहरुलाई सुविधा हुने गरी सवस्टेशन बनाउन दिन नहुने पक्षमा लागेका छन् । सवस्टेशन नभएका कारण विराटनगरको औद्योगिक क्षेत्रमा लोडसेडिङ गर्नुपर्ने वाध्यता आइलागेको प्राधिकरणको भनाइ छ । 

मोदीले प्राधिकरणसँग पनि पँच लाख घुस मागेको र उक्त रकम स्थानीयबासीलाई मिलाउन खर्च हुने बताएका थिए । अर्थ मन्त्रालयको प्रांगडमा समेत मोदीले कुलमानसँग भनाभन गरेका थिए । उनै मोदीले सार्वजनिक लेखा समितिलाई तिम्लाई देखाइदिन्छु भन्दै धम्की दिएको बताइन्छ । उनै मोदीले संसदमा खेताला लगाएर बस्नेतलाई बोल्न लगाएको बताइन्छ ।

मैले बोल्दा जनमत मेरो विरुद्धमा जाने भयो, लौन माननीय ज्यू केही सहयोग गर्नुप¥यो भन्दै मोदी माननीयले भने पछि मैले प्राधिकरणको नेतृत्वको विषयमा बोलेको हो, बस्नेतले प्रतिक्रिया लिएका पत्रकारहरुलाई बताउने गरेका छन् । त्यसो त भक्तपुरको विद्युत् चोरीमा बस्नेतका केही आफन्त जोडिएको र प्राधिकरणले कडाई गरेकोमा बस्नेतलाई चित्त बुझेको छैन । जे होस खेताला लगाएर बोल्न लगाउने र संसदलाई पनि सोही अनुसारको परिचालन गर्न मोदी सफल भएको भन्दै बस्नेतले नै धाप लगाएको संसदमा देखी जान्न सुन्नेले बताएका छन् । बस्नेतले त बा ९केपी ओली०लाई भनेर भएपनि कुलमानलाई ठिक लगाउने सम्मको बचन मोदीलाई दिएका छन् । उता कुलमानले भने आफूले केही गलत नगरेको र भ्रष्टाचारको पुष्टि भए जस्तो सुकै कारवाही भोग्न समेत तयार रहेको यसअघि नै सार्वजनिक गरिसकेका छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया