चितवन पुगेर प्रचण्डले फेरी भने: सरकारको नेतृत्व आलोपालो नै हुन्छ

४ बर्ष अगाडि

चितवन – पुर्व प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी 'नेकपा'का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरी सरकारको नेतृत्व आलोपालो हुने बताएका छन् । 

अध्यक्ष प्रचण्डले केही दिनअघि पनि एक टेलिभिजन कार्यक्रममा उनले यही शब्द दोहोर्याएका थिए । उनको यही शब्दले केही दिन अघि निकै चर्चा बटुलेको थियो । प्रचण्डले आज फेरी सरकारको नेतृत्व आलोपालो हुने स्पष्ट नै भएको बताए ।

बुधबार चितवन पुगेका अध्यक्ष प्रचण्डले भने, “सबै कुरा थाहा पाउनुभएकै छ । सहमतिअनुरूप हुन्छ । पटकपटक मेरो मुखबाट किन बोल्न लगाउनुहुन्छ ?”

उनले पार्टीभित्र पर्याप्त छलफल नगरी विधेयकहरु ल्याइएकाले विरोधको सामना गर्नुपरेको बताए । “विधेयकका सन्दर्भमा तयारी राम्रो पुगेन । जति गृहकार्य भएर विधेयक आउनुपर्थ्यो,, त्यो नपुगेकै हो । सरकार, पार्टी यसमा सतर्क भएको छ,” उनले भने । “एउटा सोच के छ भने, जे पहिला निधो भयो, कमसेकम पाँच वर्षका लागि त्यहीँ कायम राखौँ कि भन्ने मत पनि छ, यसमा छलफल जारी छ,” उनले भने ।

भरतपुर महानगरपालिका–१६ मा बन्न लागेको क्रिकेट रंगशाला  देशकै गौरवको आयोजना भएकाले केही उल्झन, साना–मसिना समस्या आउने बताउँदै सबैसँग सहमति, छलफलबाट टुंगो लगाइने उनको भनाइ थियो ।

४ बर्ष अगाडि

प्रतिक्रिया