मेलम्चीको काम अगाडि बढ्दै, के गर्लान लोकल ठेकेदारले ?

४ बर्ष अगाडि

काठमाडौं – मेलम्ची खानेपानी आयोजनाका बाँकी काम अघि बढ्ने भएको छ । इटालियन ठेकेदार कम्पनी सीएमसी भागेपछि सरकारले फास्ट ट्रयाकमा आयोजनाका बाँकी काम अघि बढाउने योजना बनाएको हो ।

मुख्य ठेकेदार कम्पनीका लागि टेन्डर आह्वान भइसकेको र एक महिनाभित्र आर्थिक र प्राविधिक प्रस्ताव मूल्यांकन गरिसकिने जनाइएको छ ।

कम्पनी छनोट गरी तत्काल बाँकी काम सुरु गरिने मेलम्ची खानेपानी आयोजनाले जनाएको छ ।

कुनै पनि बाधा अड्चन नआए एक वर्षभित्र बाँकी काम पूरा गरी उपत्यकाबासीलाई मेलम्चीको पानी दिन सकिने छ ।

मुख्य ठेकेदारको टेन्डर भइसकेको छ  भने  साना खालका काम एक हप्ताभित्र सकिनेछ । एक महिनापछि बाँकी काम गर्न सुरु हुने छ ।

सीएमसीले भुक्तानी नदिएका स्वदेशी निर्माण व्यवसायीले काममा बाधा पु¥याउन सक्ने देखिएको छ ।

आयोजनाको  हाल  अहिले ९७ प्रतिशत निर्माण सम्पन्न भएको छ । सीएमसी भागेपछि करिब ४ महिना आयोजना अन्योलमा परेको हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया