विमान अपहरणको धम्की दिने व्यवसायीलाई जन्मकैद र पाँच करोड जरिवाना

४ बर्ष अगाडि

एजेन्सी–मुम्बईका एक व्यवसायीलाई विमान अपहरणको धम्की दिने मामलामा जन्मकैदको सजाय तोकिएको छ ।
हिन्दुस्तान टाइम्सका अनुसार विशेष एनआईए अदालतले दोषीलाई पाँच करोड भारु जरिवाना तोकेको छ ।अदालतले जरिवाना राशी त्यसदिन विमानका सवार चालक दल सदस्य र यात्रीलाई बाँड्न निर्देशन दिएको छ ।

विशेष एनआईए न्यायाधीस जज केएम दवेले व्यवसायी बिरजू सल्लालाई यस्तो सजाय तोकेका हुन् । घटना सन् २०१७ अक्टोबर को हो जब विमानमा सवार सल्लाले अंग्रेजी र उर्दू भाषामा लेखिएको धम्कीपूर्ण युक्त पत्र जेटको मुम्बईबाट दिल्ली गइरहेको फ्लाइट संख्या ९ डब्ल्यू ३३९ को टोइलेट टिश्यू पेपर बक्समा राखिएको थियो ।

पक्राउपछि सल्ला भारतका यस्ता व्यक्ति बनेका छन् जसलाई ‘नेशनल नो फ्लाई लिस्ट’ मा राखिएको थियो । अर्थात्, देशभरी कुनै पनि विमानमा यात्रामाथि प्रतिबन्ध लगाइएको थियो ।


 

४ बर्ष अगाडि

प्रतिक्रिया