गगन थापाको चेतावनी: पशुपतिमा प्रचण्ड सकिए, स्वर्गद्वारीमा ओली...

४ बर्ष अगाडि

प्यूठान – नेपाली कांग्रेसका नेता गगन थापाले संस्कृतिमाथि  प्रहार नगर्न सरकारलाई चेतावनी दिएका छन् । 

बुधबार प्यूठानको बिजुबारमा भएको कांग्रेस सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

थापाले गुठी सम्बन्धी विधेयकको समेत चर्को विरोध गरेका छन् । थापाले सरकारले ल्याएको गुठी सम्बन्धी विधेयक तत्काल फिर्ता गर्न सरकारसँग माग गरेका छन् ।

कांग्रेस सभालाई सम्बोधन गर्दै नेता थापाले स्वर्गद्वारी चलाउँदा प्रधानमन्त्री केपी ओली सकिने चेतावनी दिए । पशुपतिनाथको मन्दिरका पुजारी चलाउँदा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सकिएको चर्चा गर्दै स्वर्गद्वारी चलाउँदा प्रधानमन्त्री ओली सकिने नेता थापाले चेतावनी दिए ।

४ बर्ष अगाडि

प्रतिक्रिया