प्युठानमा नेकपा परित्याग गरी   ६४५ नेता कार्यकर्ता कांग्रेसमा प्रवेश

४ बर्ष अगाडि

  प्युठान – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार प्रति असन्तुष्टि जनाउँदै प्युठान जिल्लामा  असन्तुष्ट नेता कार्यकर्ता  नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

प्युठान नेकपा र जनमोर्चाका विभिन्न तहका ६ सय ४५ जना कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका हेुन् ।पार्टी परित्याग गरी कांग्रेस प्रवेश गर्नेलाई कांग्रेस नेता डा। शेखर कोइराला र युवा नेता गगन थापाले टिका लगाएर पार्टी प्रवेश गराएका छन् ।
नेपाली कांग्रेसले देशभर सञ्चालन गरेको जागरण अभियान प्रभावकारी बन्दै गएपछि कांग्रेस प्रवेश गर्नेहरूको लहर नै चलेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया