लागुऔषध कारोबारीमाथि प्रहरीले गोली चलायो

४ बर्ष अगाडि

पोखरा – पोखरामा प्रहरीको गोली लागि लागुऔषध कारोबारी घाइते भएका छन् । घाइते हुनेमा पोखरा १० उत्तम चोक निवासी गोविन्द थापा रहेको प्रहरीले जनाएको छ ।  

बुधबार, बिहान करिब ११ बजे पोखरा १० उत्तम चोकमा रहेको ‘आवर उत्तम’ क्याफेमा लागु औषध कारोबार भई रहेको गोप्य सूचनाको आधारमा पक्राउ गर्न जाँदा प्रहरी माथि नै आक्रमणको प्रयास गरेकाले गोली चलाउँन बाध्य भएको प्रहरीले जनाएको छ । घाइते थापाको आक्रमणमा परि प्रहरी नायव उपरिक्षक सन्तोष सुवेदी सामान्य घाइते भएको प्रहरीको भनाई छ । 

घाइतेको पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भई रहेको छ । घाइतेके बाँया खुट्टामा गोली लागेको प्रहरीको भनाई छ । निजको साथबाट डाइजापाम ५ सय, नुर्फिन ५ सय, फिनारगन ५ सय थान गरि १५ सय थान लागुऔषध बरामद गरेको प्रहरीले जनाएको छ । 
घटनास्थलबाट ग १३ प ८२२८ नम्बरको घाइतेले प्रयोग गर्ने मोटरसाइकल पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहरीको निगरानीमा उपचारपछि दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउँने प्रहरीको भनाई छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीबाट प्रहरी निरिक्षक गणेश सुवेदीको नेतृत्वमा खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रण गर्न सफल भएको हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया