भारत र न्युजिल्याण्डबीच बिहीबार तय भएको खेल रद्द हुन सक्ने !

४ बर्ष अगाडि

काठमाडौँ – विश्वकप क्रिकेट २०१९ मा न्युजिल्याण्डले आफूले खेलेका तीन वटै खेलमा जित निकालेको छ । भारतले पनि आफूले खेलेका दुवै खेल जितेको छ । 

यस्तोमा भारत र न्युजिल्याण्डबीच बिहीबार खेल हुँदैछ । तर यो खेल रद्द हुनसक्ने अनुमान लगाइएको छ । इङल्याण्डमा यतिबेला खेलका लागि मौसम प्रतिकूल बनेको छ, अहिलेसम्म तीन खेल वर्षाका कारण प्रभावित भइसकेका छन् । 

श्रीलंका–पाकिस्तान, श्रीलंका–बंगलादेश र वेस्ट इन्डिज–दक्षिण अफ्रिकाबीचको खेल वर्षाका कारण प्रभावित भएपछि अंक बाँडिएको थियो । त्यसैगरी नै भारत र न्युजिल्याण्डका बीच बिहीबारका नटिङघममा हुने खेल पनि त्यस दिनको मौसम पूर्वानुमानअनुसार रद्द हुनसक्ने आँकलन गरिएको छ । 

नटिङघममा बिहीबार वर्षा हुने मौसम पूर्वानुमान अधिकारीहरुले जनाएका छन् । वर्षा रोकिए कम ओभरको खेल हुनसक्छ ।एजेन्सी 

४ बर्ष अगाडि

प्रतिक्रिया