प्रधानमन्त्री केपी शर्मा ओ‌ली भन्छन् ‘सगरमाथामा भिड हल्ला मात्र

जेठ २९, २०७६ | आजको अर्थ
ajaako_artha

युरोपको भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथामा भिड बढेको भन्ने भनाइ हल्लामात्रै रहेको बताएका छन्।

बीबीसीसँग मङ्गलवारको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले यस्तो टिप्पणी गरेका हुन्।

सगरमाथा आरोहण गर्न चाहनेहरूको सङ्ख्या निकै बढेपछि हिमालमा मृत्यु हुनेहरूको सङ्ख्या बढेको भन्ने चर्चा चलेका बेला उनले हल्ला गरिए अनुसार समस्या नभएको बताएका हुन्।

तर आरोहणमा देखिएका केही समस्या समाधान गर्न नेपालले आरोहणसम्बन्धी नियमावलीमा आवश्यक परिवर्तन गरिरहेका बताए।

यसपटकको आरोहण मौसममा ११ जनाको ज्यान गएको छ।

बीबीसी

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar११४.०४११४.६४
European Euro१२५.७११२६.३७
UK Pound Sterling१४६.३३१४७.१०
Swiss Franc११४.६०११५.२०
Australian Dollar७७.९८७८.३९
Canadian Dollar८६.०६८६.५१
Singapore Dollar८३.७६८४.२०