भाइलाई मात्रै माया गरेको भन्दै ‘सुसाइड नोट’ लेखेर स्कूले बालकले गरे आत्महत्या

४ बर्ष अगाडि

काठमाडौँ – धादिङको ज्वालामुखी गाउँपालिका-४ मा एक स्कूले बालकले आत्महत्या गरेका छन् । स्थानीय कालिका माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत सुनिल परियारले घरनजिकै चिलाउनेको रुखमा झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

विद्यालयबाट घर फर्कनेक्रममा जेठ २६ गते परियारले भाइलाई कागजको टुक्रामा सन्देश लेखेर घर पठाएका थिए । तीन दिनसम्म घर नआएपछि खोजबिनको क्रममा उनलाई विद्यालय नजिकै ड्रेसलाई पासो बनाएर आत्महत्या गरेको अवस्थामा भेटिएको प्रहरीले प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाएको छ ।

भाइलाई फकाएर घर पठाएपछि बेपत्ता भएका सुनिललाई खोजीको क्रममा आत्महत्या गरेको भेटिएको प्रहरीले जनाएको छ । सुनिलले छाडेको कागजी सन्देश ‘सुसाइड नोट’ भएको जनाइएको छ । आत्महत्या सन्देशमा उनले लेखेका छन्, ‘भाइ, तिमीलाई बुबा(आमाले माया गर्नुहुन्छ, मलाई माया नि गर्नुहुन्न र पिट्नुहुन्छ । त्यसैले तिमी बुबाआमासँगै बस्नु, म मर्छु ।’

छोराले आत्महत्या गरेको खबर सुनेपछि सुनिलको आमाबुबानै बेहोस भएका छन् । उनीहरुको हाल जिल्ला अस्पताल धादिङमा उपचार भइरहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया