उत्तर-पश्चिम भारतमा शक्तिशाली चक्रवात प्रवेश गर्दै, नेपालको मौसमी अवस्था कस्तो छ ?

४ बर्ष अगाडि

काठमाडौँ – उत्तर-पश्चिम भारतमा ‘वायु’ नामक शक्तिशाली चक्रवात प्रवेश गर्दै छ  । यस क्रममा लाखौं मानिस प्रभावित हुन सक्ने समाचारमाध्यमले जनाएका छन् । यो चक्रवात आगामी २४ घण्टामा निकै प्रभावशाली हुने बताइएको छ ।

सोमबार अरेबियन सागरमा उत्पन्न भएको वायु बुधबार र बिहीबार भारतको उत्तर(पश्चिम क्षेत्रमा पूर्णरुपमा प्रवेश गर्न लागेको हो । यो चक्रवातले दशकौैंपछि उत्तर(पश्चिम भारतको जनजीवन निकै प्रभावित हुने अनुमान गरिएको छ । सामान्यतया उत्तर(पूर्वी तटीय क्षेत्रमा फानी नामक शक्तिशाली चक्रवात आएको एक महिनापछि वायु चक्रवात सक्रिय हुने गर्छ ।

चक्रवात बुधबारसम्ममा गुजरातको तटीय क्षेत्रमा प्रवेश गर्ने बताइएको छ । यसको प्रभाव मुम्बईमा समेत देखिन थालेको छ । यसक्रममा वायुको गति प्रतिघण्टा ७५ देखि १३५ किलोमिटर हुने अनुमान गरिएको छ ।

हाल उत्तर-पश्चिम भारतमा रहेका तटीय क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ । उद्वार तथा राहतका लागि पूर्ण तयारी गरेको भारतीय सरकारले बताएको छ । चक्रवातको जोखिममा रहेका क्षेत्रमा राष्ट्रिय विपत् उद्वार बल तैनाथ गरिएको छ ।

चक्रवातबाट कम्तिमा पनि ६० लाख मानिस प्रभावित हुने सञ्चारमाध्यमले जनाएका छन् । करिब ३ लाख मानिसलाई सुरक्षित स्थानमा सार्न लागिएको भारतीय गृह मन्त्रालयले जनाएको छ । त्यस्तै चक्रवातको उच्च जोखिममा रहेका क्षेत्रका विद्यालय र कलेजहरु शुक्रवारसम्मका लागि बन्द गरिएको छ ।

नेपालमा आगामी ३ दिनको मौसम पूर्वानुमान 

नेपालमा पश्चिमी वायुको प्रभावले आगामी ३ दिनसम्म सामान्य मेघगर्जन र हावाहुरीसहित वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आगामी ३ दिनको मौसम पूर्वानुमान निम्न रहेको छ:

जेठ २९ गते (बुधबार)
दिउँसोस् देशका पश्चिमी भू(भागहरूमा सामान्य देखि पूर्ण बदली रही पूर्वि र मध्य भू(भागहरूमा आंशिक देखि सामान्य बदली रहनेछ। पूर्वी तथा मध्य  भू(भागका थोेरै स्थानहरुमा र पश्चिमी भू(भागका केहि स्थानहरुमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ ।
रातिस् देशभरिनै आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरुमा  मेघ गर्जन सहित वर्षाको सम्भावना छ। पूर्वी तथा मध्य  भू(भागका एक(दुई स्थानहरुमा र पश्चिमी भू(भागका थोरै स्थानहरुमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ ।
जेठ ३० गते (बिहिबार)
दिउँसोस् देशभरिनै आंशिक देखि सामान्य बदली रही पूर्वी तथा मध्य भू(भागका केहि स्थानहरुमा  र पश्चिमी पहाडी भू(भागका एक(दुई स्थानमा मेघ गर्जन  सहित वर्षाको सम्भावना छ ।
रातिस् देशको पूर्वी भू-भागमा सामान्य देखि पूर्ण बदली रहने साथै मध्य तथा पश्चिमी भू(भागमा आंशिक देखि सामान्य बदली रही पूर्वी तथा मध्य भू(भागका केहि स्थानहरुमा  र पश्चिमी पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ ।
जेठ ३१  गते (शुक्रबार)
दिउँसोस् देशभरिनै आंशिक देखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन  सहित वर्षाको सम्भावना छ ।
रातिस् देशको पूर्वी भू(भागमा सामान्य बदली रही मध्य तथा पश्चिमी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। पूर्वी तथा मध्य भू-भागका एक-दुई स्थानहरुमा र पश्चिमी भू-भागका केहि स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ । साझापोष्टमा खबर छापिएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया