प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने समातिए

४ बर्ष अगाडि

काठमाडौं-प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने कोटेश्वर बस्ने उदयपुर गाईघाट घर भएका ३९ वर्षीय आसाराम चौधरीलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । 
काठमाडौं महानगरपालिका-३२ कोटेश्वर बालकुमारीमा महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले अव्यबस्थित पार्किङ हटाउने क्रममा स.१ ज ४७३ नम्बरको सुमो गाडीको कागजपत्र माग गर्दा गाडीका चालक चौधरीले ५ सय रुपैयाँ दिई प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेका थिए । 
चौधरीलाई महानगरीय प्रहरी वृत्त बानेश्वरमा राखी थप अनुसन्धान भइरहेको जनाइएको छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया