१७ वर्षीया किशोरीलाई करणी गर्ने तीन जना समातिए

४ बर्ष अगाडि

तेह्रथुम-१७ वर्षीया किशोरीलाई सामुहिक जबरजस्ती करणी गरेको अभियोगमा छथर गाउँपालिका-२ हमरजुङ बस्ने ३ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २१ वर्षीय पदम रसाईली, १५ वर्षीय बिशान लिम्बु र १५ वर्षीय सुदिप रुचाल रहेका छन् । गत शनिबार बालिकालाई शुक्रबारेबाट हमरजुङ जाने बाटोमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बसन्तपुरबाट र प्रहरी चौकी शुक्रबारेबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया