किमको पत्र पाएपछि बदलिए ट्रम्प,छिट्टै तेस्रो वार्ता

४ बर्ष अगाडि

वासिंगटन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई उत्तर कोरियाका शासक किम जोंग उनको एक शानदार पत्र मिलेको बताएका छन् । पत्रपछि ट्रम्पले एकपटक पुनः उत्तर कोरियासँग वार्ता गर्ने इच्छा व्यक्त गरेका छन् ।

स्मरणीय छ, एक महिना पहिला उत्तर कोरियाले मिसाइल परीक्षणपछि ट्रम्पले क्रुद्ध हुँदै किम वार्ताका लागि इच्छुक नभएको बताएका थिए ।

गत महिना उत्तर कोरियाले लामो दूरीको मिसाइलको परीक्षण गरेका थिए । यसक्रममा किम आफैं परीक्षण हेर्नका लागि आफैं उपस्थित थिए । अमेरिका र दक्षिण कोरियाले उक्त परीक्षणको पुष्टि गरिसकेका छन् । यद्यपि, ट्रम्पले मंगलबार उक्त घटनाक्रमलाई बेवास्ता गर्दै किमसँग वार्ता जारी रहने बताएका छन् । उनले आफ्नो लागि यो कुरा महत्वपूर्ण रहेको बताएका छन् ।

अमेरिकी राष्ट्रपतिले किमले पत्रमा के लेखेका छन् भन्नेबारे भने केही खुलाएका छैनन् । तर, उनले किमसँग तेस्रो वार्ताका लागि रुचि देखाएका छन् । ह्वाइट हाउसमा पत्रकारसँग कुराकानी गर्दै ट्रम्पले भने, ‘तेस्रोपटक पनि भेट हुनसक्छ । तर माहौल ठिक हुनु जरुरी छ । उत्तर कोरिया तयार छ भने हामी पनि तयार छौं ।’

४ बर्ष अगाडि

प्रतिक्रिया