प्रकाश सपुतले मेरो गित चोरेको होईन,तर कहिलेकाही छातीमा छुरा हानेजस्तो हुन्छ : गायक शम्भु राई (भिडियोसहित)

४ बर्ष अगाडि

काठमाडौँ – नेपालको सांगीतिक बजार लाई अहिले प्रकाश सपुतको गित गलबन्दीले तताएको छ । यस गितले गर्दा प्रकाश सपुतको व्यस्तता पनि बढ्दो छ । यहि गितको सुखद पक्ष संगै दुखद पक्ष पनि बाहिरिएको छ र चर्चाको विषय बनेको छ ।

गायक शम्भु राईले आफ्नो पूर्वेली गितको भाका लाई प्रकाश सपुतले तोड मोड गरेर गलबन्दी गित सिर्जना गरेको भने जसले गर्दा गायक सपुतले अहिले चौतर्फी आलोचना पनि सहनु परेको छ । शम्भु राईले क्यानाडा नेपालका लागी सन्तोष निरौला संग कुराकानी गर्दै भने: “मेरो गितको लय लाई प्रकाश सपुतले चोरेको भनेको होईन तर उनले मेरो लय लाई बङ्गाएर गलबन्दी गित बनाएका हुन् ।

मेरो गित पूर्वेली भाका हो भने प्रकाश सपुतले पश्चिमिली भाकामा बङ्गाएर गलबन्दी गित बनाए र यो कुरा मैले होईन गित सुनेपछि सबैले भनेका छन् र यो नै सत्य हो ।” गायक राई निराश हुदै थप्छनस् “मैले कसैलाई दोष लाएको होईन न आरिष गरेको हो । मेरो अस्तित्त्व चाहि हुनपर्छ भन्ने हो । मेरो सिर्जना र अस्तित्त्व लाई मेटि दिन्छ भने म चुप लागेर त बस्न मिलेन नि । गित सुन्ने सबैले भनिरहेका छन् भने म टुलुटुलु हेरेर त बस्न मिलेन नि । उनले भनेका छन् प्रकाश सपुतले गित बङ्गाएर मेरो छातीमा छुरा हाने ।

भिडियो:

 

४ बर्ष अगाडि

प्रतिक्रिया