सलमानको 'भारत' नाच्ने–गाउने फिल्म : प्रियंका चोपडा

४ बर्ष अगाडि

एजेन्सी – भारतीय अभिनेत्री प्रियंका चोपडाले सलमान खानको 'भारत' फिल्म नाच्ने गाउने फिल्म भएको बताएकी छिन् ।

मंगलबार प्रियंका आफ्नो नयाँ फिल्म ‘द स्काई इज पिंक’ को एक पार्टीमा उपस्थित भइन् यसमा प्रियंकाकी आमा मधु चोपडालगायत विभिन्न कलाकारको उपस्थिती थियो । उक्त मौकामा प्रियंका चोपडाले सलमानको फिल्म भारत छोड्नुको कारण बताउँदै यसलाई नाच्ने–गाउने फिल्म बताइन् ।

प्रियंकाले भनिन्, ‘सबैले मलाई मेरो निर्णयबारे सोध्थे, आखिर किन यस्तो गरेको भन्थे । मलाई नाच्ने गाउने, तडकभडकयुक्त फिल्म किन छोडेँ भनेर पनि सोधिन्थ्यो । कतिले मलाई म किन १८ वर्षको बच्चाको आमाको भूमिका निभाउन राजी भएँ भनेर पनि सोध्थे ।’

उनले भारतलाई छोडेर द स्काई इज पिंक रोज्नुको कारणबारे बताउँदै यसमा सोनालीको आइडिया मनपरेको बताइन् । उनले भनिन्, ‘म सोनालीको कारण नै फिल्ममा काम गर्न राजी भएँ ।’

४ बर्ष अगाडि

प्रतिक्रिया